सुदूरपश्चिममा कृषि आधुनिकीकरणका लागि प्राविधिक तालिम सम्पन्न
सुदूरपश्चिम प्रदेशका कृषि ज्ञान केन्द्र तथा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कार्यरत अधिकृतहरूका लागि नवीन कृषि प्रविधि सम्बन्धी ३ दिने तालिम धनगढीमा सम्पन्न भएको छ। नेपाल कृषि अनुसन्धान परिषद् द्वारा आयोजित उक्त तालिम चैत्र ३ गतेदेखि सञ्चालन भएको थियो ।
तालिमको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बीरबहादुर थापाले परिषद्सँग सहकार्य गर्दै प्रादेशिक कृषि विकासमा उपयुक्त प्रविधि अपनाउन प्रदेश सरकार सधैं तयार रहेको बताए । उन्ले अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउँदै सहकार्यमा नयाँ प्रविधि विकास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको समापनमा मन्त्रालयका सचिव शड्कर साह ले बीउबिजन र प्रविधिको आवश्यकता पूरा गर्न अनुसन्धान र प्रसारबीच समन्वय आवश्यक रहेको बताए । यस्ता तालिमले कृषि प्राविधिकहरूलाई नयाँ प्रविधिबारे अद्यावधिक हुन सहयोग गर्ने उन्को भनाइ थियो ।
कार्यक्रमका अध्यक्ष तथा राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक बिनेशमान साखः ले परिषद्ले स्थानीय तथा प्रादेशिक स्तरमा यस्ता तालिमहरू निरन्तर सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि जारी रहने जानकारी दिए ।
तालिम सञ्चालक तथा राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा। कालिकाप्रसाद उपाध्याय ले यस्ता कार्यक्रमले अनुसन्धानका उपलब्धि किसानसम्म पुर्याउन र किसानका समस्या अनुसन्धानसम्म ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
सहभागीका तर्फबाट दीपकराज ओझाले दैनिक रूपमा किसानका समस्या समाधान गर्न अनुसन्धानका नयाँ जानकारी उपयोगी हुने उल्लेख गरे ।
तालिममा बालीनाली, बीउबिजन, यान्त्रीकरण, माटो व्यवस्थापन, रोग–कीरा नियन्त्रण, फलफूल, तरकारी, खाद्य तथा उत्पादनपछिका क्षति न्यूनीकरण, आलु तथा जलवायु–मैत्री कृषि प्रविधि लगायतका विषयमा जानकारी दिइएको थियो । कार्यक्रममा विभिन्न विज्ञहरूले प्रशिक्षण दिएका थिए ।
https://halokhabar.com/news-details/17044/2026-03-20
